काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षणमा १३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
विगत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ८ लाख ९३ हजार ७२ पुगेको छ भने कोरोना संक्रमणबाट ११ हजार २ सय जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २९४ जना काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका २०७, ललितपुरका ५३ र भक्तपुरका ३४ जना छन् ।