कोरोना अपडेट : थप ७६४ जनामा संक्रमण, १० जनाको मृत्यु

कोरोना अपडेट : थप ७६४ जनामा संक्रमण, १० जनाको मृत्यु

२०७८, आश्विन २२ शुक्रवार

  • 705
    SHARES

  • कोरोना अपडेट : थप ७६४ जनामा संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८८ नमुनाको परीक्षणमा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

    आजमात्र १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ रहेको मन्त्रालयले जनाएको छ ।  

    २०७८, आश्विन २२ शुक्रवार०४:२५:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार