संशोधन विधेयक पारित

संशोधन विधेयक पारित

२०७८, आश्विन २४ आइतवार

  • 2.0K
    SHARES

  • संशोधन विधेयक पारित

    विराटनगर । ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७८’ माथिको दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनि प्रस्ताव आज सर्वसम्मतिले पारित भएको छ ।

    प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४ बमोजिम आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लीलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गरेका थिए ।

    विशेष समय

    प्रदेशसभाको आजको बैठकमा विशेष समयमा नेकपा (एकीकृत समाजवादी)संसदीय दलका नेता राजेन्द्रकुमार राईले व्यवस्थापिकाको अभिभावका रुपमा रहेको सभामुखले कानून र संविधान मिच्न नहुने बताए । 

    उनले सरकारले संविधान र कानून पालनातर्फ अग्रसरता नदेखाएकाले सभामुखले रुलिङ गर्नुपर्ने कुरामा जोड दिँदै राजनीतिक दल विभाजन भइसकेपछि ३० दिनभित्र सरकारले विश्वासको मत लिनुपर्ने धारणा राखे । नेता राईले सभामुखले सर्वदलीय बैठक बोलाउनुपर्ने र संविधानको धारा सरकारले मिचिरहेको जगजाहेर गर्नुपर्ने कार्य नभइरहेकाले सभामुखको ध्यानाकर्षण गराए ।

    नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सरकारले संविधानले दिएको बाटो हिँड्न नचाहेर अदालत जानु भन्नु गलत भएको बताए । उनले दलहरु विभाजन भएको अवस्थामा प्रदेश नं २ का मुख्यमन्त्रीले विश्वासको मत लिएकातर्फ ध्यानाकर्षण गराउँदै प्रदेश सरकारले नैतिकता देखाउनुपर्ने सुझाव दिए ।

    प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने छ ।

    २०७८, आश्विन २४ आइतवार०४:३३:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार