बस पल्टिँदा ४२ घाइते

बस पल्टिँदा ४२ घाइते

२०७८, कार्तिक १ सोमवार

  • 625
    SHARES

  • बस पल्टिँदा ४२ घाइते

    कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् ।

    आज बिहान १०:३० बजे  नवलपरासीको त्रिवेणीबाट काठमाडौँका  लागि छुटेको लु १ ख ९४ ७६ नं को बस दुर्घटनामा परेको पूर्व नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको  मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबास बीचको जङ्गलमा बस अनियन्त्रित भएर पल्टिएको थियो ।

    उक्त दुर्घटनामा घाइते भएका ४२ मध्ये ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र पाँच जनाको दुम्किबासमा उपचार भइरहेको र  घाइते सबै खतरामुक्त रहेको उनले जानकारी दिए  । 

    २०७८, कार्तिक १ सोमवार०२:०९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार