काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६९७ पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९३७ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ५ हजार ५६० रहेको छ भने मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् ।
यसैगरी काठमाडौंमा २०३,ललितपुरमा ४१, र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।