हेलम्बुको मेलम्ची बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति , यातायात सेवा अवरुद्व

हेलम्बुको मेलम्ची बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति , यातायात सेवा अवरुद्व

२०७८, कार्तिक २ मंगलवार

  • 621
    SHARES

  • हेलम्बुको मेलम्ची बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति , यातायात सेवा अवरुद्व

    सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ ।

    गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।

    गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासीले जानकारी दिए । बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ । 

    यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए । ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ ।

    इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा  ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताइन् । सडक बन्द हँुदा दसैँ मनाउन आएका यात्रु प्रभावित भएका छन् । 

    २०७८, कार्तिक २ मंगलवार०४:०२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार