काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९१६ वटा नमुनाको परीक्षणमा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २४३ जना, ललितपुरमा ८७ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।