डोटीमा पहिराले राजमार्ग अवरुद्ध, दुई जनाको मृत्यु

डोटीमा पहिराले राजमार्ग अवरुद्ध, दुई जनाको मृत्यु

२०७८, कार्तिक ३ बुधवार

  • 1.3K
    SHARES

  • डोटीमा पहिराले राजमार्ग अवरुद्ध,  दुई जनाको मृत्यु

    डोटी । तीन दिनदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा पहलमानसिंह स्वाँर रामजमार्ग अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा पहिरो आउँदा उक्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

    पहिराले अवरुद्ध राजमार्ग सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन भए पनि वर्षा नरोकिएका कारण राजमार्ग खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

    राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्ला बाजुरा तथा अछामबाट तराइँ जानका लागि आएका दर्जनौँ सवारी साधन तथा यात्रु अहिले बीचबाटोमै अलपत्र परेका छन् ।

    यसैगरी डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने डा केआइसिंह राजमार्गका विभिन्न ठाउँमा पनि पहिरो जाँदा यातायात सेवा बन्द भएको छ ।

    जिल्ला प्रहरी कार्यालयकाका अनुसार उक्त राजमार्गको कालागाढ, रडुवा, अड्यौललगायतका ठाउँमा पहिरो आउनुका साथै सडकमा ठूलठूला ढुङ्गा आएका कारण सडक सञ्चालन गर्न सकिएको छैन । 

    अवरुद्ध भएको उक्त राजमार्गमा सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरिए पनि पहिरो आउने र सडक तलबाट भासिनेक्रम नरोकिएकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ । वर्षा र बाढीपहिराले अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ भने ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् ।

    २०७८, कार्तिक ३ बुधवार०७:१३:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार