काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पीसीआर परीक्षणमा ५३५ जना र १ हजार ४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी कुल ६६२ जनामा संक्रमण भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १९५ जना, ललितपुरमा ३५ जना र भक्तपुरमा २३ जना संक्रमित भेटिएका हुन् ।