करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते

करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते

२०७८, कार्तिक ४ बिहिवार

  • 697
    SHARES

  • करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते

    राजविराज । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार  आफ्नै  घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् । 

    प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

     

    २०७८, कार्तिक ४ बिहिवार०२:१०:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार