बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने

बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने

२०७८, कार्तिक ४ बिहिवार

  • 769
    SHARES

  • बागमती प्रदेशसभा बैठक अपराह्न तीनबजे बस्ने

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ ।  

    प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।

    नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन  लिखित प्रस्ताव गरेको जनाइएको छ ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ । 

    सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए  । 

    २०७८, कार्तिक ४ बिहिवार०२:१५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार