काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ वटा नमुनाको परीक्षणमा ५४५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ ।