काठमाडौं । नेकपा एमाले काठमाडौँ वडा नं ३१ को वडा अधिवेशन उत्साहसाथ शुरु भएको छ ।
आज बिहान ८ बजेबाट शुरु भएको अधिवेशनमा १५०० भन्दा बढि कार्यकर्ता र सुभेच्छुकको उपस्थिती रहेको थियो ।
यधपि एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभर ६४३ वटै वडामा एकैसाथ भर्चुअल विधिवाट अधिवेशनको उद्घाटन गरेका छन् ।
२०७३ सालमा भएको अधिवेशन पश्चात गरिएको अधिवेशन भएकाले पनि एमाले कार्यकर्तामा नेतृत्वमा पुग्न तिब्र प्रतिस्पर्धा देखिएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १ अन्तर्गतको ३१ वडा जसले गत स्थानीय चुनाव र प्रदेश चुनाव समेत जितेकाले निकै चासोका साथ हेरिएको छ ।
हाल यस वडाको अध्यक्षमा नेतृ हुमा आचार्यले नेतृत्व गरिरहेकी छन् भने आगामी कार्यकालका लागि पनि उनको शसक्त दाबी रहेको अनुमान गरिएको छ ।
गत आश्विन १५-१७ गोदावरीमा सम्पन्न प्रथम विधान अधिवेशनले वडा तहमा पनि अध्यक्ष-१, उपाध्यक्ष-१, सचिव-१ र उपसचिव-२ गरि ५ पदाधिकारीको व्यवस्था गरेकाले धेरै कार्यकर्ताले जिम्मेवारी पाउने देखिएको छ ।
