काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ पीसीआर परीक्षणमा ४३८ र १ हजार ९४९ एन्टिजेन परीक्षणमा ७५ जना गरी ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८१७ रहेको छ भने ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १५०, ललितपुर ३९ र भक्तपुरमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।