बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु 

बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु 

२०७८, कार्तिक ८ सोमवार

  • 865
    SHARES

  • बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु 

    पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

    उपचारका लागि समर्पित अस्पताल पु-याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् । 

    घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।

    जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । 

    फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो । अर्को सवारी साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल झरेको हो ।

    दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

    २०७८, कार्तिक ८ सोमवार०२:३६:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार