कोरोना अपडेट : थप ६६६ जनामा संक्रमण, ११ जनाको मृत्‍यु

कोरोना अपडेट : थप ६६६ जनामा संक्रमण, ११ जनाको मृत्‍यु

२०७८, कार्तिक ९ मंगलवार

  • 769
    SHARES

  • कोरोना अपडेट : थप ६६६ जनामा संक्रमण, ११ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६६ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षणमा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षणमा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ भने ७ लाख ८८ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

     

    २०७८, कार्तिक ९ मंगलवार०५:१३:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार