मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

२०७८, कार्तिक १० बुधवार

  • 837
    SHARES

  • मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छः सचिव गुरुङ

    लमजुङ । नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् ।  

    नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा सोमवार आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास  समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताएका हुन् ।  

    गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए ।

    उनले राष्ट्रि««य पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताए ।  

     उनले नेकपा एमाले सुन्दरबजार नगरकमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गरेका थिए । 

    २०७८, कार्तिक १० बुधवार०७:२२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार