चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

२०७८, कार्तिक १० बुधवार

  • 1.1K
    SHARES

  • चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

    काठमाडौँ । चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप  आज नेपाल आइपुगेको छ ।

    सरकारले कोभ्याक्ससँगको कष्ट सेयरिङ योजना अन्तर्गत खरिद गर्ने भनेको ५९ लाख ३६ हजार ४ सय डोज भेरोसेल मध्येबाट पहिलो लटमा १० लाख २० हजार डोज खोप आज नेपाल आइपुगेको हो। प्राप्त खोप टेकुस्थित भण्डारणमा राखिने बताइएको छ।

    यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ ।

    हालसम्म नेपालले कुल १ करोड ५३ लाख ४२ हजार एक सय ९८ डोज खोप लगाइसकेको छ । यस्तै हालसम्म नेपालले कुल १ करोड ८९ लाख ५९ हजार तीन सय ३० डोज खोप प्राप्त गरेको छ ।

    २०७८, कार्तिक १० बुधवार१२:५८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार