कोरोना अपडेट : थप ५९१ जनामा संक्रमण, २ जनाको मृत्यु 

कोरोना अपडेट : थप ५९१ जनामा संक्रमण, २ जनाको मृत्यु 

२०७८, कार्तिक ११ बिहिवार

  • 709
    SHARES

  • कोरोना अपडेट : थप ५९१ जनामा संक्रमण, २ जनाको मृत्यु 

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षणमा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षणमा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ ।

     

    २०७८, कार्तिक ११ बिहिवार०५:२६:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार