सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढायो

सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढायो

२०७८, कार्तिक १३ शनिवार

  • 1.8K
    SHARES

  • सरकारले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढायो

    काठमाडौँ । सरकारले गत रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ ।

    त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ पुगेको छ ।

    आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु ९६ पुगेको छ ।

    निगम सञ्चालक समितिको निर्णयअनुसार गत रातिदेखि लागू हुनेगरी मुल्य वृद्धि गरिएको निगमका सह प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

    एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक  हजार ५०० कायम गरिने भएको छ । पछिल्लो पटक असोज ३० गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा रु दुई अर्ब २२ करोड घाटा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    २०७८, कार्तिक १३ शनिवार०७:३०:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार