प्रदेश १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

प्रदेश १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

२०७८, कार्तिक १९ शुक्रवार

  • 865
    SHARES

  • प्रदेश १ र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

    काठमाडौँ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    शुक्रवार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ।

    यसैगरी शनिवार  देशका प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आइतबार पनि देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। 

    प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    २०७८, कार्तिक १९ शुक्रवार०७:५६:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार