हिमपातको सम्भावना, सतर्क हुन आग्रह

हिमपातको सम्भावना, सतर्क हुन आग्रह

२०७८, कार्तिक २० शनिवार

  • 849
    SHARES

  • हिमपातको सम्भावना, सतर्क हुन आग्रह

    काठमाडौं । हिमाली भू–भागमा आज हिमपात हुने भएको छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य प्रदेशमा मौसम सफा रहने छ ।  

    आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हिमपात हुने भएकाले आवश्यक सतर्क हुने विभागले आग्रह गरेको छ । 

    २०७८, कार्तिक २० शनिवार०७:२३:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार