प्रदेश नं १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्य प्रदेशमा आंसिक बदली

प्रदेश नं १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्य प्रदेशमा आंसिक बदली

२०७८, कार्तिक २१ आइतवार

  • 721
    SHARES

  • प्रदेश नं १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, अन्य प्रदेशमा आंसिक बदली

    काठमाडौं । आइतबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    सोमबार पनि देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    मंगलबार भने देशको सुदूर पश्चिम प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

    २०७८, कार्तिक २१ आइतवार०७:३५:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार