काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६०६ पीसीआर परीक्षणमा ३७१ र २ हजार ४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ ।
हाल नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ७६५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ११७ जना, ललितपुरमा २० जना र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।