काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस, गण्डकी र प्रदेश–१ को हिमाली भू–भागमा हिमपात हुने 

काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस, गण्डकी र प्रदेश–१ को हिमाली भू–भागमा हिमपात हुने 

२०७८, कार्तिक २८ आइतवार

  • 917
    SHARES

  • काठमाडौंको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस, गण्डकी र प्रदेश–१ को हिमाली भू–भागमा हिमपात हुने 

    काठमाडौं । काठमाडौंमा आजको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ८.२ डिग्री सेल्सियस मापन गरिएको हो । 

    यसअघि हिजो सोही समयमा काठमाडौंको तापक्रम ८.० डिग्री सेल्सियस रहेको थियो । 

    आज गण्डकी प्रदेश र प्रदेशक एकका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । आज राति प्रदेश १ र गण्डकीका हिमाली भेकमा हल्का हिमपात हुने उनको भनाइ छ । 

    तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् सापकोटा बताउँछन् । आज घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहने उनले बताए ।

    आज प्रदेश–१ का पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहने छ ।-बार्हखरी 

    २०७८, कार्तिक २८ आइतवार०७:३७:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार