कोरोना अपडेट :  थप ४१२ जनामा संक्रमण ,१ जनाको मृत्यु

कोरोना अपडेट :  थप ४१२ जनामा संक्रमण ,१ जनाको मृत्यु

२०७८, मंसिर १ बुधवार

  • 677
    SHARES

  • कोरोना अपडेट :  थप ४१२ जनामा संक्रमण ,१ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देदभर थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार २५८ पुगेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरबाट २०२ जना संक्रमणमुक्त भएका छन्हा भने हालसम्म ७ लाख ९८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ जना रहेका छन् । जसमध्ये ७ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    २०७८, मंसिर १ बुधवार०६:०२:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार