एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

२०७८, मंसिर ८ बुधवार

  • 869
    SHARES

  • एमाले महाधिवेशनमा एआईजीको कमान्डमा एक हजार प्रहरी परिचालन

    काठमाडौं । नेकपा (एमाले)को शुक्रबारदेखि चितवनमा हुन लागको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रहरी एआईजीको कमान्डमा सुरक्षा टोली खटाइने भएको छ ।

    एआईजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा व्यवस्थापन गरिने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए ।

    उनका अनुसार महाधिवेशन सुरक्षामा एक हजारभन्दा बढी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरीको टोली पनि हुनेछ ।

    सुरक्षामा वागमती प्रदेश प्रहरी, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डीआईजी खटिने र समग्र कमान्ड एआईजी थापाले गर्ने प्रवक्ता कुँवरले जानकारी दिए । एमाले महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

    २०७८, मंसिर ८ बुधवार१२:०२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार