कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

२०७८, मंसिर १० शुक्रवार

  • 913
    SHARES

  • कोरोना अपडेट : थप ३०८ जनामा संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय ४ जनाको पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८ सय ५ जनाको एन्टिजेन परीक्षणमा २७ जना गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २९८ जना निको भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ७०९ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको मन्त्रालयले जनाएको छ ।

     

    २०७८, मंसिर १० शुक्रवार०४:४७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार