कोरोना अपडेट : थप १५८ जनामा संक्रमण, ३४२ जना निको

कोरोना अपडेट : थप १५८ जनामा संक्रमण, ३४२ जना निको

२०७८, मंसिर १२ आइतवार

  • 753
    SHARES

  • कोरोना अपडेट : थप १५८ जनामा संक्रमण, ३४२ जना निको

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षणमा १५४ जना र २ हजार ३ सय १४ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३४२ जना निको भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५२३ पुगेको छ ।

     

    २०७८, मंसिर १२ आइतवार०५:०५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार