काठमाडौं । छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् । ६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।