प्रधानन्यायाधीश जबरा कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज

प्रधानन्यायाधीश जबरा कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज

२०७८, मंसिर १७ शुक्रवार

  • 717
    SHARES

  • प्रधानन्यायाधीश जबरा कोरोनामुक्त हुँदै अस्पतालबाट डिस्चार्ज

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्।

    कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा आज (शुक्रबार) बिहान डिस्चार्ज भएका हुन्।

    प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए।

    उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि कार्यवाहक तोक्न सुझाव दिएका थिए। तर जबराले आज अस्पतालबाट फर्किने र कार्यवाहक प्रधानन्यायाधीश नतोक्ने बताएका थिए।

    २०७८, मंसिर १७ शुक्रवार११:११:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार