कोरोना अपडेट : थप २४६ जनामा संक्रमण, ३४७ जना संक्रमणमुक्त

कोरोना अपडेट : थप २४६ जनामा संक्रमण, ३४७ जना संक्रमणमुक्त

२०७८, मंसिर १७ शुक्रवार

  • 857
    SHARES

  • कोरोना अपडेट : थप २४६ जनामा संक्रमण, ३४७ जना संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ।

    पछिल्लो २४ घण्टामा नेपालमा मृतकको संख्या भने शून्य रहेको छ । 

    २०७८, मंसिर १७ शुक्रवार०५:१२:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार