काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षणमा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षणमा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४३६ जना निको भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् ।