आज थपिए २६५ कोभिड संक्रमित, २ को मृत्यु

आज थपिए २६५ कोभिड संक्रमित, २ को मृत्यु

२०७८, मंसिर २० सोमवार

  • 901
    SHARES

  • आज थपिए २६५ कोभिड संक्रमित, २ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६५ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११४ पीसीआर र १५०३ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

    सोही अवधीमा थप दुईजनाको कोभिड संक्रमणले मृत्यु भएको छ । ३५७ जना निको भएका छन् ।

    सक्रिय संक्रमित संख्या ६३८६ जना छन् । १ लाख ६६ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । काठमाडौं र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ ।

    सुनसरी, भक्तपुर, कास्की, नवलपरासी पूर्व, बाँके र कैलालीमा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु र सल्यानमा संक्रमण शून्य छ ।

    काठमाडौं जिल्लामा सोमबार ७९ जना, भक्तपुरमा १० जना र ललितपुरमा २३ जना संक्रमित थपिएका छन् ।

    २०७८, मंसिर २० सोमवार०४:०३:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार