काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षणमा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षणमा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।