काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको छ ।
आज न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको लागि आदेश दिएको हो ।
देउवा सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो ।
सरकारको सो निर्णविरुद्ध भण्डारी अदालत गएपनि लामो समय अदालतमा हड्तालका कारण मुद्दाको सुनुवाई हुन समय लागेको हो ।
सरकारका नाममा कारण देखाउ आदेश समेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । भण्डारीका पक्षमा नेपाल वार एशोसिएसनका कोषाध्यक्ष समेत रहेका अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गरेका थिए ।