कोरोना अपडेट : थप २८० जनामा संक्रमण, २ जनाको मृत्‍यु

कोरोना अपडेट : थप २८० जनामा संक्रमण, २ जनाको मृत्‍यु

२०७८, मंसिर २२ बुधवार

  • 661
    SHARES

  • कोरोना अपडेट : थप २८० जनामा संक्रमण, २ जनाको मृत्‍यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षणमा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षणमा २५ जना गरी २८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३६६ जना निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् ।

    जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित रहेका छन् ।

     

    २०७८, मंसिर २२ बुधवार०५:०१:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार