काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षणमा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षणमा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।