खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुर्व्यवहारको उजुरी

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुर्व्यवहारको उजुरी

२०७८, मंसिर २३ बिहिवार

  • 701
    SHARES

  • खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध यौन दुर्व्यवहारको उजुरी

    नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदीप सुनारमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

    कैलालीको टीकापुर वनभोजमा गएका बेला प्रमुख प्रशासकीय अधिकृत खराल र सुनारले यौन दुर्व्यवहार गरेको सोही गाउँपालिकाकै एक महिला कर्मचारीले आरोप लगाएकी छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले खराल र सुनारमाथि यौन दुर्व्यवहारको उजुरी परेको पुष्टि गरे ।

    यौन दुर्व्यवहारको आरोप लागेका कर्मचारीमध्ये खराललाई बाँकेको इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ भने अर्का कर्मचारी सुनार जिल्ला बाहिर रहेको जनाइएको छ ।

    घटनाको वास्तविक कुरा अनुसन्धानबाट थाहा हुने र सोहीबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

    प्रमुख प्रशासकीय अधिकृत खराल र लेखा अधिकृत सुनारले भने आफूमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेका छन् ।

    २०७८, मंसिर २३ बिहिवार०६:१५:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार