कोरोना अपडेट : थप ३४१ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

कोरोना अपडेट : थप ३४१ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

२०७८, मंसिर २७ सोमवार

  • 1.2K
    SHARES

  • कोरोना अपडेट : थप ३४१ जनामा संक्रमण, ३ जनाको मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षणमा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षणमा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्‍यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ भने मृत्‍यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा र ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । 

    २०७८, मंसिर २७ सोमवार०५:१०:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार