कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय चार घण्टा थपियो

कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय चार घण्टा थपियो

२०७८, मंसिर २७ सोमवार

  • 645
    SHARES

  • कांग्रेस १४औँ महाधिवेशन : मतदान गर्ने समय चार घण्टा थपियो

    काठमाडौ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मतदान समय थप गरिएको छ । 

    पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाईका कारण झण्डै चार घण्टापछि सुरु भएकाले मतदानको समय थप गरिएको हो । 

    निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 

    काँग्रेस १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    २०७८, मंसिर २७ सोमवार०५:५७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार