भोलिदेखि अस्ट्रेलियाको सीमा खुला , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने

भोलिदेखि अस्ट्रेलियाको सीमा खुला , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने

२०७८, मंसिर २८ मंगलवार

  • 937
    SHARES

  • भोलिदेखि अस्ट्रेलियाको सीमा खुला , विदेशी विद्यार्थी र पर्यटकले प्रवेश पाउने

    काठमाडौँ । अस्ट्रेलियाले विदेशी पर्यटक, भिजाबाहक विद्यार्थी र दक्ष कामदारको लागि बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा पुनः खुला गर्ने भएको छ ।

    प्रधानमन्त्री स्कट मरिसन र स्वास्थ्य मन्त्रीले पुनः अन्तर्राष्ट्रिय सीमा खुला गर्ने बताएका हुन् ।

    अस्ट्रेलियाली मन्त्रिपरिषद् र प्रमुख चिकित्सा सल्लाहकारको सुझाव अनुसार तत्काललाई सीमा खुला गर्ने निर्णय भएको जनाइएको छ ।

    यसअघि त्यहाँको सङ्घीय सरकारले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमण फैलन थालेसँगै डिसेम्बर १ देखि १५ सम्म लगाइएको सीमा बन्दलाई थप विस्तार गर्न सकिनेबारे बताएको थियो ।

    अस्ट्रेलिया प्रवेश गर्न चाहनेले कोभिड–१९ विरुद्ध त्यहाँको सरकारले अनुमति दिएका खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने र पीसीआरको नेगेटिभ रिपोर्ट प्रस्तुत गर्नुपर्ने अनिवार्य छ । -एजेन्सी ।

    २०७८, मंसिर २८ मंगलवार०५:०९:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार