शिक्षक सेवा आयोगद्वारा १५४७ मावि शिक्षकका लागि विज्ञापन

शिक्षक सेवा आयोगद्वारा १५४७ मावि शिक्षकका लागि विज्ञापन

२०७८, मंसिर २९ बुधवार

  • 2.2K
    SHARES

  • शिक्षक सेवा आयोगद्वारा १५४७ मावि शिक्षकका लागि विज्ञापन

    काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि एक हजार ५४७ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

    आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले आज सूचना प्रकाशित गरेको छ । नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ । परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ ।

    नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो ।

    अनलाइनबाट फारम भर्न निम्न लिंकमा क्लिक गरेर फारम भर्न सकिनेछ ।

    २०७८, मंसिर २९ बुधवार०८:१७:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार