काठमाडौँ । नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ ।
शपथ ग्रहणको बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा राखिएको जनाईएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मंसिर २५ -२६ गते भक्तपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले २० खुला, १५ महिला र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।