आजबाट बाँके - बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

आजबाट बाँके - बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

२०७८, मंसिर २९ बुधवार

  • 2.3K
    SHARES

  • आजबाट बाँके - बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

    काठमाडौँ । बाँके -बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुने भएको छ । बाघ गणना फागुन मसान्तमा सकिनेछ ।

    बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए ।

    बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरी सात सय २२ ग्रिडमा क्यामरा राखिने र प्राविधिकसहित ९८ जना जनशक्ति खटिने श्रेष्ठले जानकारी दिए ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल, जेड एस एल नेपालको संयुक्त पहलमा बाघ गणना थालिएको हो ।

    हरेक चार वर्षमा बाघ गणना गरिन्छ । मंसिर १९ गतेदेखि चितवन-पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको छ । चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सकिएलगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।

    सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर अर्थात् दुई सय ५० पुर्याउने सरकारको लक्ष्य छ ।

    २०७८, मंसिर २९ बुधवार०८:५४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार