मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

२०७८, मंसिर २९ बुधवार

  • 2.1K
    SHARES

  • मलेसियामा डुङ्गा दुर्घटना हुँदा  इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता

    क्वालालम्पुर । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

    मृत्यु भएका र बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो । 

    अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको छ ।

    सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए । 

    घटनामा परी मृत्यु भएका मध्ये सात जना पुरुष र चार जना महिला रहेका छन् । उद्धारकर्ताहरुले अरु २० पुरुष र दुई महिलालाई भने जिवितै उद्धार गरेका छन ।

    बेपत्ता भएकाहरु जिवितै भेटिने संभावना कम रहेको खोजी तथा उद्धार कार्यमा संलग्नहरुले बताएका छन् ।  -एजेन्सी ।

    २०७८, मंसिर २९ बुधवार०३:०५:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार