अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

२०७८, मंसिर २९ बुधवार

  • 1.6K
    SHARES

  • अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

    सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए ।

    प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उनलाई सङ्क्रमण भएको पुष्टि गरेको छ । कार्यालयले उनको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ ।

    सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।  

    अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

    अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए । -एजेन्सी ।

    २०७८, मंसिर २९ बुधवार०३:२७:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार