कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी 

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी 

२०७८, पौष १ बिहिवार

  • 917
    SHARES

  • कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी 

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

    १४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

    यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

    उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरे ।

    दुई मतले पराजित भएसँगै विजय गच्छदारले पुनः मत गणनाका लागि निर्वाचन कमिटीमा माग समेत गरेका छन् । 

    २०७८, पौष १ बिहिवार०७:४५:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार