कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

२०७८, पौष १ बिहिवार

  • 1.0K
    SHARES

  • कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

    काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले केही बेरमै सुरु हुँदैछ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार भएको निर्वाचनमा छ जना उमेदवार मैदानमा छन् । 

    निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका थिए ।

    सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । 

    २०७८, पौष १ बिहिवार०८:०५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार