काँग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’ -नेतृ कोइराला

काँग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’ -नेतृ कोइराला

२०७८, पौष १ बिहिवार

  • 1.0K
    SHARES

  • काँग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छ’ -नेतृ कोइराला

    काठमाडौँ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १४ औँ महाधिवेशनले निकट भविष्यमा महिला पार्टीको नेतृत्वमा आउनसक्ने मार्ग कोरिएको बताएकी छन् । 
         
    काँग्रेसको उपसभापतिमा भर्खरै पराजित भएकी नेत्री कोइरालाले आज एक ट्विट गर्दै देशको कुना काप्चाबाट पार्टीको महाधिवेशनमा सहभागी भएका महिला प्रतिनिधीको मुहारमा आशा र उत्साह देखिएको जनाउँदै निकट भविष्यमा काँग्रेसको नेतृत्वमा महिला आउने बताएकी हुन् ।  

    “काँग्रेस पार्टी र राज्यका हरेक निकायमा महिलाको समान सहभागिताका लागि मैले उठाएको मुद्दाले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा स्थान पाएको छ”, विज्ञप्तिमा भनिएको छ ।
         
    नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । 

    उनले गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको आदर्शबाट सधैँ प्रेरित रहेको जनाउँदै पार्टी र देशमा सहमति, सहकार्य र एकताको खाँचो रहेको बताए । 

    नेत्री कोइरालाले उपसभापतिमा आफूसँग प्रतिस्पर्धा गरेर विजयी भएका पूर्णबहादुर खड्का र धनराज गुरुङलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन् । 

    २०७८, पौष १ बिहिवार०९:३८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार